Binance

आफ्नो ब्राउजरमा जाभास्क्रिप्ट कसरी सक्रिय गर्ने

अहिलेको समय उत्साहजनक छ, बिगतका केहि वर्ष यता एउटा सिमित ज्ञानको विषयबाट जाभास्क्रिप्टको प्रयोग एउटा सार्थक वेब डिभेलपमेन्ट कुशलतामा परिणत भएको छ | आज, जाभास्क्रिप्ट वेब (संजाल) का लागि यति अपरिहार्य बनेको छ कि प्राय इन्टरनेट ब्राउजरहरु यसलाई चलाउनका लागि समर्पित इन्जिनलाई कार्यान्वित गर्दछ |

जाभास्क्रिप्ट वेब (संजाल)मा प्रयोग गर्नका लागि एउटा अद्भूत प्रविधि हो, र तपाईको ब्राउजरमा सबै वेबसाइटहरुमा यसलाई निष्क्रिय नगर्न सल्लाह दिईन्छ | प्राय प्रसिद्ध वेबसाइटहरु जाभा-आधारित छन्, यसको मतलब प्रयोगको अनुभवलाई आनन्दजनक बनाउन यसले अन्तरक्रियात्मक विशेषताहरुलाई चलाउनमा जाभाको प्रयोग गर्दछ |

जाभास्क्रिप्टलाई निष्क्रिय राखेको खण्डमा, तपाईको ब्राउजरले अन्तरक्रियात्मक तत्वहरु जस्तै डिस्प्ले विज्ञापन, अनिमेशनहरु अथवा अडियोलाई चल्न अथवा दर्साउन असक्षम रहने छ | तथापि, राम्रो खबर यो हो कि जाभास्क्रिप्टलाई सक्रिय गर्न अत्यन्त नै सजिलो छ | यसका साथ साथ, यसलाई सम्पूर्णत: ढंगले बन्द गर्नु भन्दा साइट पिच्छे यसलाई निष्क्रिय गर्नका लागि विशेष तरिकाहरु पनि छन् | 

त्यसैले, यदि तपाईले आफ्नो ब्राउजरमा यसलाई निष्क्रिय गरेको तर अब यसलाई चालू गर्न चाहनु हुन्छ भने, हामी त्यसैले, यदि तपाईले आफ्नो ब्राउजरमा यसलाई निष्क्रिय गरेको तर अब यसलाई चालू गर्न चाहनु हुन्छ भने, हामी तपाईको सहायताका लागि यहाँ छौं | तपाईले प्रयोग गर्नु हुने पाँच सबैभन्दा सामान्यत: ब्राउजरहरुमा जाभास्क्रिप्टलाई सक्रिय गर्नमा सहायता गर्न यस मार्गदर्शनलाई लेखेका छौं | यसको अतिरिक्त, जाभास्क्रिप्ट के हो, जाभास्क्रिप्टको प्रयोग कहाँ प्रयोग हुन्छ र जाभास्क्रिप्टका साथ तपाई के के गर्न सक्नु हुन्छ, यसको बारेमा पनि बताउने छौं |

तपाईको वेब ब्राउजरमा जाभास्क्रिप्ट सक्रिय गरिएको छ | यदि तपाई जाभास्क्रिप्ट निष्क्रिय गर्नु हुन्छ भने, यो टेक्स्ट (लेखन) परिवर्तित हुने छ |

वेब डेवेलपरहरुका लागि निर्देशहरु

अधिकतम प्रयोग गरिने छ ब्राउजरहरुमा जाभास्क्रिप्ट कसरी सक्रिय गर्ने बारेमा कुनै पनि स्क्रिप्ट-निष्क्रिय भएका उपयोगकर्ताहरुलाई शिक्षित गर्न यस साइटसंग जोडिनका लागि तपाई विचार गर्न सक्नु हुन्छ |निम्न कोडलाई तपाई स्वतन्त्र रुपले प्रयोग गर्न सक्नु हुन्छ र आफ्नो आवश्यकता अनुरुप यसलाई फेरबदल गर्न सक्नु हुन्छ |

<noscript>
यस साइटको पूर्ण कर्यात्मकताका लागि जाभास्क्रिप्ट सक्रिय गर्न आवश्यक छ |यी हुन्
<a href="https://www.enablejavascript.io/">
 आफ्नो वेब ब्राउजरमा कसरी जाभास्क्रिप्ट सक्रिय गर्ने बारे निर्देशहरु</a>.
</noscript>

enablejavascript.io मा हामी सक्दो स्क्रिप्ट-निष्क्रिय उपयोगकर्ता अनुभवलाई सुदृढ गर्दछौं:

  • तपाईको ब्राउजरको सम्बन्धमा निर्देशनहरु पृष्ठको शिर्षमा राखिएको छ |
  • सबै चित्रहरु सिधा, पूर्ण-साइजमा छन्, सहज पाठनका लागि |

तपाईले चाहे झैं हामी पनि तपाईका आगन्तुक (विजिटर)हरुले जाभास्क्रिप्ट सक्रिय गरेको चाहन्छौं |

गूगल क्रोम गूगल क्रोम

  1. आफ्नो डिभाइस (उपकरण)मा गूगल क्रोम ब्राउजर खोल्नु होस् |
  2. आफ्नो स्क्रीनको शिर्ष-दायाँ कुनामा अवस्थित मेनु आइकन (तीन थोप्लाहरु) मा क्लिक गर्नु होस् |
  3. अब ड्रप-डाउन मेनु - तलबाट तेस्रो विकल्प "सेटिंग" मा क्लिक गर्नु होस् |
  4. बायाँ साइड-बार मेनुमा "प्राइभेसी एण्ड सेक्युरिटी" मा क्लिक गर्नु होस् |
  5. "प्राइभेसी एण्ड सेक्युरिटी" अन्तर्गत, "साइट सेटिङ्ग्स" छान्नु होस् |
  6. "साइट सेटिङ्ग्स" अन्तर्गत, "जाभास्क्रिप्ट" न भेटिंजेल स्क्रल गर्नु होस् र क्लिक गर्नु होस् |
  7. स्विचलाई "अलाउड (रिकमेण्डेड)" मा बदल्नु होस् - सक्रिय भए पश्चात यो निलो रंगको हुने छ |

बधाई छ, तपाईले आफ्नो गूगल क्रोम ब्राउजरमा जाभास्क्रिप्ट सक्रिय गर्नु भएको छ |

इन्टरनेट एक्सप्लोरर इन्टरनेट एक्सप्लोरर

  1. इन्टरनेट एक्सप्लोरर ब्राउजर शुरु गर्नु होस् र एउटा विन्डो खोल्नु होस् |
  2. "टूल्स" मा क्लिक गर्नु होस् - जुन प्राय मेनु बारको शिर्ष भागमा अवस्थित हुन्छ | त्यस पछि, दर्शाइएका विकल्पहरुका सूचीहरुबाट "इन्टरनेट अप्शन" छान्नु होस् | तपाई चाँडो खोज्नका लागि "अल्ट की" पनि थिच्न सक्नु हुन्छ |
  3. "सिक्युरिटी टेब" मा क्लिक गर्नु होस् |
  4. "कस्टम लेभल" बटनमा थिच्नु होस् |
  5. पृष्ठको तल तिर स्क्रल गर्दै जानु होस् जब सम्म "स्क्रिप्टिङ्ग" शिर्षक पाउनु हुन्न |
  6. जाभास्क्रिप्ट चालू गर्न "एक्टिभ स्क्रिप्टिङ्ग" छान्नु होस् |
  7. "ओके" मा थिच्नु होस् |
  8. आफ्नो ब्राउजरलाई रिफ्रेश गर्नु होस् |

माइक्रोसफ्ट एज माइक्रोसफ्ट एज

  1. माइक्रोसफ्ट एज ब्राउजर खोल्नु होस्
  2. मेनु ट्याब खोल्नका लागि माथिल्लो दायाँ कुनामा रहेको तीन-थोप्ले आइकनलाई क्लिक गर्नु होस् |
  3. मेनु ट्याबबाट "सेटिङ्ग्स" छान्नु होस् |
  4. अब सेटिङ्ग्स फलकमा बायाँ तर्फ रहेको "साइट पेर्मिशंस" मा क्लिक गर्नु होस् |
  5. "जाभास्क्रिप्ट" छान्नु होस् |
  6. "अलाउड (रिकमेंडेड)" चालू गर्नु होस् |

मोजिल्ला फायरफक्स मोजिल्ला फायरफक्स

  1. मोजिल्ला फायरफक्स शुरु गर्नु होस् र एउटा विन्डो खोल्नु होस् |
  2. एड्रेस बारमा "about:config" टाइप गर्नु होस् र इन्टर थिच्नु होस् |
  3. प्रेफरेंसेस सर्च बक्स पेजमा जानको लागि वार्निंग संदेश तलको बटन "एक्सेप्ट द रिस्क एंड कन्टिन्यु)मा क्लिक गर्नु होस् |
  4. अब प्रेफरेंसेस सर्च बक्समा " javascript.enabled" इन्टर गर्नु होस् |
  5. सर्च रिजल्टमा " javascript.enabled" चिन्हित विकल्प खोज्नु होस् र जाभास्क्रिप्ट चालू गर्नु होस् |
  6. आफ्नो ब्राउजरलाई रिफ्रेश गर्नु होस् |

ओपेरा ओपेरा

  1. ओपेरा मिनी ब्राउजर शुरु गर्नु होस् |
  2. "इजी सेटप" मेनु खोल्नु होस् |
  3. इजी सेटप मेनुको तलसम्म स्क्रल गर्नु होस् र "गो टु ब्राउजर सेटिङ्ग्स" छान्नु होस् |
  4. अनि, तल "साइट सेटिङ्ग्स" विकल्पहरु खोज्नु होस् र त्यसपछि त्यसलाई क्लिक गर्नु होस् |
  5. "साइट सेटिङ्ग्स" अन्तर्गत, जाभास्क्रिप्ट जनाउने विकल्पलाई खोज्नु होस् र त्यसलाई छान्नु होस् |
  6. जाभास्क्रिप्ट सक्रिय गर्न "अलाउड (रिकमेंडेड)" स्विचलाई चालू गर्नु होस् | सक्रिय भई सके पछि यो निलो रंगको हुने छ |
  7. बधाई छ, तपाईले जाभास्क्रिप्ट सक्रिय गर्नु भएको छ |

एपल सफारी एपल सफारी

  1. आफ्नो डिभाइस (उपकरण)को "टूल्स" खण्डमा खोज्नु होस् |
  2. "प्रेफरेंसेस" छान्नु होस् |
  3. सिक्युरिटी आइकनलाई दबाउनु होस् |
  4. "एनेबल जाभास्क्रिप्ट" गर्न चेकबक्समा टिक गर्नु होस् |
  5. आफ्नो ब्राउजरलाई पुन: फेरि खोल्नु होस् |

बारेमा

जाभास्क्रिप्ट के हो?

जाभास्क्रिप्ट एउटा "क्लाइंट साइड" स्क्रिप्टिङ्ग ल्याङ्गुएज हो जुन मुख्यत: वेब पेजहरुमा सबै प्रकारका डायनामिक (गतिशील) अन्तरक्रियाहरुको शृजना गर्न र जोड्नका लागि प्रयोग गरिन्छ | प्राविधिक जगतमा यसको तीव्र विकासका साथ, जाभास्क्रिप्ट आधुनिक वेब विकासमा एउटा आधार बनेको छ |

यो परम्परागत सफ्टवेर ढांचा लेङ्गुएजहरुसंग राम्ररी काम गर्दछ र यसमा अनुपम विशेषताहरु छन् जसले यसलाई अरुहरु बाट भिन्न बनाउँछ | जब CSS र HTML जस्ता लेङ्गुएजहरुले एउटा वेब पेजमा स्टाइल र ढांचा थप्द छ, जाभास्क्रिप्टले वेब पेजहरुलाई अन्तरक्रियात्मक तत्वहरु प्रदान गर्दछ जसले उपयोगकर्ताका अनुभवहरुलाई सुधार गर्दछ |

तसर्थ, जुन कुनै पनि चीज जो परिवर्तित हुन्छ, अथवा ब्राउज गर्दै गर्दा जब आफ्नो डिभाइसमा वेब पेजहरु रि-लोड नभई पप अप आउँछ? हजुर, त्यहि नै हो जाभास्क्रिप्ट |

आज, जाभास्क्रिप्ट अत्यन्त प्रभावशाली भएको छ कि यसलाई आधुनिक वेब ब्राउजरहरु जस्तै गूगल क्रोम, सफारी, मोजिल्ला फायरफक्स, ओपेरा, इन्टरनेट एक्सप्लोरर, माइक्रोसफ्ट एज, इत्यादि द्वारा प्रयोग गरिन्छ | प्रख्यात मोबाइल उपकरणहरु जस्तै एण्ड्रोइड र आइफोनहरु पनि जाभास्क्रिप्ट-आधारित ब्राउजरहरु र एप्लिकेशनहरु मूल रूपले चलाउनमा योग्य छन् |

यसको विशेषतालाई बुझेको खण्डमा, जाभास्क्रिप्ट कसरी काम गर्दछ भनि बुझ्न अलि सजिलो हुन्छ, त्यसैले यसबारे अधिक बुझौं |

जाभास्क्रिप्टको इतिहास

वेब विकासका लागि सबै भन्दा धेरै लगातार प्रयोग गरिने कोडलाई २५ बर्ष अघि, तर्कसंगत ढंगले, विकसित गरिएको थियो | इन्टरनेटको उत्थानका साथ जाभास्क्रिप्टले पूर्वानुमान गर्न न सकिने तवरले उच्च स्थान प्राप्त गरेको छ | यसको प्रकाशन संग संगै, जाभास्क्रिप्टले एउटा शक्तिशाली प्रोग्रामिंग लेङ्गुएजका रुपमा आफ्नो स्थानलाई मजबूत मात्र बनाएको छैन, यसले आधुनिक वेब विकासमा नवीन प्रयोगका क्षेत्रहरु पनि हासिल गरेको छ |

स्कीम, जाभा एण्ड सेल्फबाट प्रेरित भएर, जाभास्क्रिप्टलाई ब्रेंडन ईचले सन् १९९५मा विकास गरेका थिए जब उनी नेटस्केप कम्युनिकेशंसमा कार्यरत थिए | सन् १९९०मा, नेटस्केप कम्युनिकेशंसको आफ्नो ब्राउजर- नेटस्केप नेभिगेटर मार्फत ठोस उपस्थिति थियो, जसलाई सबैभन्दा पहिलो मुख्यधाराको वेब ब्राउजर मोसेक ब्राउजर भन्दा अधिक व्यापक रूपले रुचाइन्थ्यो | 

नेटस्केप कम्युनिकेशंसका सह-संस्थापक मार्क एन्ड्रीसन थिए, जसले इलिनोई विश्वविद्यालयमा सन् १९९३मा मोसेक ब्राउजर प्रोजेक्टमा एउटा डिभेलपरको दलको सदस्यको रुपमा काम गरेका थिए | जसरी वेबले प्रसिद्धि हासिल गर्न थाल्यो, प्राविधिक कम्पनीहरु इन्टरनेटमा सबैभन्दा प्रभावशाली ब्राउजर बनाउन प्रतिस्पर्धा गर्न थाले |

माइक्रोसफ्टले यसलाई बुझे र इन्टरनेट नियन्त्रणमा नेटस्केप विरुद्ध आफ्नो बर्चस्व कायम गर्न इन्टरनेट एक्सप्लोरर परियोजनाको थालनी गरे | यसले माइक्रोसफ्ट र नेटस्केप बीच ब्राउजर शेयर मार्केटमा आफ्नो प्रभुत्व जमाउनका लागि तीव्र ब्राउजर युद्धको शृजना गर्यो |

त्यस समय, वेब विकासकर्ताहरु वेब पेजहरुमा डायनामिक (सक्रिय) विशेषताहरु थप्न अथवा शृजना गर्नका लागि एउटा स्क्रिप्टिङ्ग लेङ्गुएजको पर्खाईमा थिए | प्रारम्भिक रुपले, उनीहरुले जाभा माथि आफ्नो नजर केन्द्रित गरे तर अन्तत: उपयोगकर्ताको अनुभवहरुलाई सुधार गर्न उनीहरुले कुनै अधिक लचिलो चीज चाहिएको बुझे |

नेटस्केपले यसलाई बुझे र वेब पेजहरुमा वेब डिभेलपरहरुलाई अन्तरक्रियात्मक विशेषताहरु जोड्नमा सक्षम एउटा हलुका स्क्रिप्टिङ्ग लेङ्गुएजको परिकल्पना गरे | समय कम थियो, यो त्यहि समय थियो जब जाभास्क्रिप्टको जनकको उदय भयो |

सन् १९९५मा, बर्नार्ड ईचलाई नेटस्केप नेभिगेटर २.० ब्राउजर प्रकाशनका लागि एउटा डायनामिक (सक्रिय) लेङ्गुएजको शृजना गर्न र कार्यान्वयन गर्न नेटस्केपले अनुबंधित गरे | यो परियोजना एउटा अचानक झटपट कार्यको रूपमा ईच सामू आयो | तैपनि, उहाँले यसलाई एउटा अवसरको रूपमा हेरे जसमा उहाँ उत्साहित थिए र नेटस्केपका साथ आबद्ध भए | यस प्रकार एउटा हलुको (लाइटवेट) स्क्रिप्टिङ्ग लेङ्गुएजको अबधारणाको थालनी भयो | ईचले यसलाई मोका नाम दिए तर यसलाई पछि गएर लाइभ स्क्रिप्ट नाम दिइयो | दस दिन भन्दा पनि कममा, ईचले एउटा कार्यात्मक प्रोटोटाइप विकसित गरे र यसलाई नेटस्केप नेभिगेटर २.० बिटा ब्राउजरमा कार्यान्वित गर्न तैयार भए |

ब्राउजर शेयर मार्केटमा आफ्नो बर्चस्व कायम राख्ने प्रयासमा, नेटस्केपले सन माइक्रोसिस्टम्सका साथ साझेदारी गर्न तैयार भए - जो जाभा नामक प्रोग्रामिंग लेङ्गुएजका श्रीजनकार थिए | यस सम्झौताले सन माइक्रोसिस्टम्सलाई जाभा समुदायमा जाभा उपलब्ध गराउनका लागि नेटस्केप नेभिगेटरलाई वेब डेलिभरी प्लेटफर्म (वितरण मंच)को प्रयोगको अवसर प्राप्त भयो | 

सन् १९९६ मा, लगभग एक बर्ष पछि, जाभा समुदायमा स्वीकार्यता वृद्धिका लागि एउटा मार्केटिंग (बिक्री) कार्यनीति स्वरूप लाइभ स्क्रिप्टलाई अन्तत: जाभास्क्रिप्ट नाम दिइयो | नेटस्केप नेभिगेटर २.० ब्राउजरमा सूक्ष्म क्लाइंट-साइड परियोजनाहरुका लागि एउटा स्क्रिप्टिङ्ग लेङ्गुएजको रुपमा जाभास्क्रिप्टलाई प्रस्तुत गरियो, जब कि जाभालाई प्रभावकारी वेब सोलुशंसहरु विकसित गर्ने विशेष औजार (टूल)का रुपमा विज्ञापन गरियो | 

यस पश्चात, माइक्रोसफ्टले आफ्नो इन्टरनेट एक्सप्लोरर ३ को कस्टम संस्करण विकास गर्न जाभास्क्रिप्टलाई रिभर्स-इन्जिनीर (विपरित-योजना) गरे | सन माइक्रोसिस्टम्स्, जससँग जाभा ब्रान्डको स्वामित्व थियो र नेटस्केपलाई लाइसेन्स दिएको थियो, संग कानूनी मामिलाहरुबाट बच्न उनीहरुले त्यसलाई जेस्क्रिप्ट नाम दिए | 

गैर-डिभेलपरहरु सामू सफा, लचिलो र पहुँच योग्य, जाभास्क्रिप्ट (र जेस्क्रिप्ट) अत्यन्त प्रसिद्ध थिए, जसले वेब पेजहरुलाई अत्याधिक अन्तरक्रियात्मक हुनुको साथ साथ डाइनामिक (सक्रिय) बनाएको थियो |

दुर्भाग्यवश, तिनीहरु दुवैले नकारात्मक प्रसिद्धि प्राप्त गर्न थाले किन भने यसमा न्यून प्रवेशको बाधा (लो बेरियर इन्ट्री) थियो, जस कारण, उचित अथवा पर्याप्त ज्ञान नभएकाहरुले पनि सानो कोडहरु यसमा लेख्न सक्थे | यसको अतिरिक्त, जाभास्क्रिप्टलाई मानिसहरुले उपयोगकर्ताहरुको अनुभवहरुलाई सुधार गर्नु भन्दा बरु उनीहरुलाई उदास गर्न (पप-अप विज्ञापनहरु, ब्राउजर स्निफ्फिंग-जासूसी, इत्यादिमा) प्रयोग गर्न थाले |

ECMA मानकिकरणको रुपमा यस विषयलाई सम्बोधन गर्न एउटा सार्थक प्रतिक्रिया आयो | नेटस्केप र सन माइक्रोसिस्टम्स् ले ECMA इन्टर्नेशनल समक्ष जाभास्क्रिप्टलाई मानकिकरण गर्न दस्ताबेजहरु बुझाए | यस्तो नयाँ लेङ्गुएजका लागि मानकीकरण गराउनु एउटा सार्थक पाइला र एउटा ठूलो निर्णय थियो |

यसले जाभास्क्रिप्टलाई ब्यापक दर्शक समक्ष ल्याई पुर्यायो र यस स्क्रिप्टिङ्ग लेङ्गुएजको बिकासमा डिभेलपरहरुलाई आफ्नो योगदान दिन अनुमति दियो | मानकीकरणले त्यस्ता व्यक्तिहरु जसले यस कोडलाई नकारात्मक कारणले प्रयोग गर्दथे, उनीहरुलाई नियन्त्रणमा राख्नमा टेवा पुर्यायो | सन जाभाको ट्रेडमार्कलाई उल्लङ्घन गर्नबाट जोगाउनका लागि, ECMA समितिले मानकिकृत लेङ्गुएजलाई ECMA स्क्रिप्ट नाम दिने निर्णय गर्यो | 

यसले अझ बढी गलत बुझाईलाई निम्त्यायो तर अन्तत: ECMA स्क्रिप्ट लाई विशेषता विवरणका रुपमा बुझ्न प्रयोग गरिने, र जाभास्क्रिप्टलाई (अहिले सम्म पनि) एउटा स्क्रिप्टिङ्ग लेङ्गुएजका रुपमा बुझ्न प्रयोग गरियो |

जाभास्क्रिप्ट के गर्नमा प्रयोग गरिन्छ ?

यसको प्रकाशन देखि नै यी बर्षहरुमा जाभास्क्रिप्टका प्रयोगमा फेरबदलहरु आएका छन् | यस समयमा, तपाई आश्चर्य हुनु होला कि कसरी १० दिन भित्र विकसित एउटा स्क्रिप्टिङ्ग लेङ्गुएजले इन्टरनेटलाई पूर्णरूपले बदल्नमा सक्षम भएको छ | हजुर, यो यसरी भएको छ:

डायनामिक (सक्रिय) वेब पेजहरु

जाभास्क्रिप्टलाई डाइनामिक (सक्रिय) अन्तरक्रियाहरु जस्तै वेब पेजहरुमा ट्रांसिशन एलेमेंट्स (परिवर्तन तत्व) हरु र कार्यहरु थप्न प्रयोग गरिन्छ | यसले उपयोगकर्ताहरुलाई बारम्बार वेब पेजलाई रिफ्रेश न गरिकन नयाँ चित्रहरु र बस्तुहरु लोड गर्न पनि सक्षम बनाउँछ |

वेब र मोबाइल एप डेवेलोपमेन्ट (बिकास)

जाभास्क्रिप्ट बारेमा सबैभन्दा शक्तिशाली कुराहरु मध्ये एक के हो भने, यसमा व्यापक क्रमका लाइब्रेरीहरु र फ्रेमवर्कहरु (ढाँचा) हरु समावेश छन् जसलाई क्रस-प्लेटफर्म (अन्तर-मंचीय) वेब र मोबाइल एप्लिकेशनहरुको बिकासका लागि प्रयोग गर्न सकिन्छ |

गेम डिभेलपमेन्ट

वेब-आधारित गेमहरु बनाउन पनि जाभास्क्रिप्ट सक्षम छ | यसमा व्यापाक लाइब्रेरीहरु र फ्रेमवर्क (ढाँचा)हरु उपलब्ध छन् जसलाई मानिसहरुले 2D अथवा 3D गेमहरु बनाउनमा प्रयोग गर्न सक्दछ |

सर्भर-आधारित सोलुशनहरु

वेबसाइट र एप विकासको अलावा, डिभेलपरहरुले जाभास्क्रिप्टको प्रयोग Node.js उपयोग गरेर मजबूत वेब सर्भरहरु र ब्याक-एन्ड डिभेलप्मेंट निर्माण गर्न सक्दछ |

जाभास्क्रिप्ट सक्रिय गर्नका फाइदाहरु

आफ्नो ब्राउजरमा जाभास्क्रिप्ट सक्रिय गर्नका फाइदाहरु भन्दा बेफाइदाहरु अत्यन्त नै कम छन्, इन्टरनेटमा सर्वत्र यसको प्रसिद्धि र व्याप्त प्रयोगले यसलाई दर्शाई रहेको छ | जब तपाई जाभास्क्रिप्ट सक्रिय गर्नु हुन्छ, यी फाइदाहरुको आनन्द तपाई लिन सक्नु हुनेछ: 

अधिक अन्तरक्रियात्मक वेब साइटहरु

अझ बढी अन्तरक्रियात्मक वेबसाइटहरु र इन्टरफेसहरु जस्तै एनिमेशनहरु, भिडियोहरु, बिज्ञापन ब्यानरहरु र आधुनिक वेब अनुभवहरुका अन्य मुख विषयहरु हेर्नु होस् |

बढेको गति

जाभास्क्रिप्ट एउटा क्लाइंट-साइड स्क्रिप्ट हो, यसले एउटा वेब पेजमा सर्भरमा रिक्वेस्ट (अनुरोध)हरु लाई घटाएर उपयोगकर्ता-अंतर्क्रियात्मक्तालाई बढाउँदछ |

सर्भरको भारमा कमी

जाभास्क्रिप्ट क्लाइंट-साइडमा परिचालन हुने हुँदा, यसले सर्भरमा जुड्नको लागि लाग्ने समयलाई कम गर्दछ, जसले परिणामस्वरूप दुवै ब्यान्डविथ र लोड (भार) लाई सुरक्षित गर्दछ |

जाभास्क्रिप्टका सीमाहरु

जबकि वेब पेजहरु र उपयोगकर्ता-अंतर्क्रियात्मक्तालाई सुधार गर्नमा जाभास्क्रिप्टलाई विभिन्न उत्कृष्ट ढंगले प्रयोग गर्न सकिन्छ, तर साना साना कुराहरु पनि छन् जो जाभास्क्रिप्टले गर्न सक्दैन | यहाँ हामी जाभास्क्रिप्टका सीमाहरुको बारेमा जान्ने छौं:

  1. जाभास्क्रिप्टको सबैभन्दा सार्थक सीमा (हद) यो हो कि यसको कार्यन्वयनका लागि एउटा एकल पितृ संस्था (सिंगल पेरेंट बोडी) छैन |
  2. जाभास्क्रिप्टले तपाईको पेज श्रोत (सोर्स) अथवा इमेजहरुलाई सुरक्षित गर्न सक्दैन | यसको मतलब तपाईको वेब पेजमा दर्साइएका इमेजहरुलाई यस वेब पेजलाई हेर्ने उपयोगकर्ताले सहजताका साथ आफ्नो उपकरण (डिभाइस)मा डाउनलोड गर्न सक्दछ |
  3. जाभास्क्रिप्टमा कुनै मल्टीप्रोसेसर क्षमता छैन | तसर्थ, यसमा मेमोरीलाई नियन्त्रण गर्न क्षमता हुँदैन |
  4. अन्तमा, अन्य डोमेनमा होस्ट गरिएका वेब पेजहरुमा जाभास्क्रिप्ट पुग्न सक्दैन | एउटा उपयोगकर्ताले अन्य डोमेनहरुबाट एकै समयमा वेब पेजहरु हेर्न सकेता पनि, डोमेन वेब पेजमा चालू जाभास्क्रिप्टले अन्य डोमेनको वेब पेजको कुनै डाटा (जानकारी) मा पहुँच गर्न सक्दैन |

जाभास्क्रिप्टलाई कसरी निष्क्रिय गर्ने

जाभास्क्रिप्टलाई आफ्नो ब्राउजरमा सक्रिय गर्नाले हुने थुप्रै फाइदाहरु भएता पनि, कहिले काहीं कुनै समयमा उपयोगकर्ताले सुरक्षाका लागि यसलाई अस्थाई ढंगले निष्क्रिय गर्न सकिन्छ | जाभास्क्रिप्ट प्राय आधुनिक ब्राउजरहरु जस्तै मोजिल्ला फायरफक्स, गूगल क्रोम, ओपेरा, सफारी, माइक्रोसफ्ट एज, र इन्टरनेट एक्सप्लोरर, इत्यादिमा निष्क्रिय गर्न सकिन्छ | 

यदि तपाईको ब्राउजरमा जाभास्क्रिप्ट डिसेबल्ड सेट गरिएको छ भने, यसको मतलब तपाईले पहिल्यै जाभास्क्रिप्टलाई निष्क्रिय गर्नु भएको छ, अथवा तपाईको ब्राउजरमा यसलाई पहिल्यै सक्रिय गरिएको छैन | यदि सक्रिय भए, आफ्नो उपकरणमा रहेको ब्राउजरको आधारमा जाभास्क्रिप्टलाई कसरी निष्क्रिय गर्ने बारेमा पढ्नु होस् |

गूगल क्रोम गूगल क्रोम

  1. गूगल क्रोम ब्राउजर खोल्नु होस् |
  2. आफ्नो ब्राउजरको शिर्ष कुनामा अवस्थित मेनु आइकन (तीन थोप्लाहरु) मा क्लिक गर्नु होस् |
  3. "सेटिंग" मा क्लिक गर्नु होस् |
  4. अब बायाँ साइडबार मेनुमा रहेको "प्राइभेसी एण्ड सेक्युरिटी" मा क्लिक गर्नु होस् |
  5. "प्राइभेसी एण्ड सेक्युरिटी" अन्तर्गत, "साइट सेटिङ्ग्स" छान्नु होस् |
  6. "जाभास्क्रिप्ट सेक्शन" खोज्नु होस् र डिसेबल छान्नु होस् |
  7. डनमा क्लिक गर्नु होस् र आफ्नो क्रोम ब्राउजरलाई

इन्टरनेट एक्सप्लोरर इन्टरनेट एक्सप्लोरर

  1. आफ्नो डिभाइसमा इन्टरनेट एक्सप्लोरर ब्राउजर शुरु गर्नु होस् |
  2. "टूल्स" छान्नु होस् - जुन प्राय ब्राउजरको शिर्ष-दायाँ भागमा अवस्थित हुन्छ |
  3. पप अप हुने ड्रप-डाउन मेनुमा "इन्टरनेट अप्शंस" मा क्लिक गर्नु होस् |
  4. त्यस पछि "सेक्युरिटी" टेबमा थिच्नु होस् |
  5. "सेक्युरिटी" पंक्तिमा, नयाँ एउटा पेज खोल्नका लागि "कस्टम लेभल" बटनमा थिच्नु होस् |
  6. "एक्टिभ स्क्रिप्टिङ्ग" न भेटिए सम्म तल स्क्रल गर्नु होस् | डिसेबलमा क्लिक गर्नु होस् |
  7. आफ्नो ब्राउजरलाई पुन: फेरि खोल्नु होस् |

मोजिल्ला फायरफक्स मोजिल्ला फायरफक्स

  1. आफ्नो मोजिल्ला फायरफक्स ब्राउजर खोल्नु होस्|
  2. एड्रेस बारमा "about:config" टाइप गर्नु होस् र इन्टर थिच्नु होस् |
  3. आफ्नो स्क्रीनमा देखिने (पप-अप) हुने जोखिम सूचनालाई स्वीकार्नु होस् |
  4. सर्च बारमा "javascript.enabled" टाइप गर्नु होस् र परिणामका विकल्पहरुलाई छान्नु होस् |
  5. यदि सफल रहे, तपाईको फायरफक्स ब्राउजरमा जाभास्क्रिप्ट सफलतापूर्वक निष्क्रिय गर्नु भएको छ |